Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब २० करोड बराबरको ऋणपत्र बिक्री गर्दै एनएमबी बैंक

मंगलबार, २१ फागुन २०७५, २२ : ११ मा प्रकाशित

१ अर्ब २० करोड बराबरको ऋणपत्र बिक्री गर्दै एनएमबी बैंक

अर्थ संसार, काठमाडौं– लगानीका लागि स्रोत जुटाउन एनएमबी बैंकले ऋणपक्र बिक्री गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता रु १ हजार दरको रु १ अर्ब २० करोड बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले फागुन ३० गते ऋणपत्र निष्कासन गर्ने भएको छ ।

 निष्कासन बन्द छिटो चैत ४ गते र ढिलोमा चैत १४ गते हुने सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । वार्षिक १० प्रतिशत ब्याज निश्चित भएको ऋणपत्रको अवधि १० वर्षको रहेको छ ।

ऋणपत्र आगामी आर्थिक ०८५ मा परिपक्व हुने छ । न्युनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थले जानकारी दिएको छ ।

कुल निष्कासनको ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गरिएको छ ।

 पुँजीकोष बढाउन निष्कासन गर्न लागेको ऋणपत्रको उपयोग कर्जा लगानीमा २२ करोड, विपन्न कर्जा लगानीमा २० करोड, तरलता व्यवस्थापनमा ४० करोड र सरकारी ऋणपत्रमा लगानी ३० करोड रुपैयाँ हुने बैंकले जनाएको छ । लगानीका लागि स्रोत जुटाउन एनएमबीले रु २ अर्ब विदेशबाट ऋण लिएको छ ।

 यस्तै वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी ग्लोबल आईएमई बैंकले रु १ अर्ब ५० करोडको ऋणपत्र निष्कासन गरेको छ । हालसम्म एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले ऋणपत्र निष्कासन गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको