Like us!
Follow us!
Connect us!
Watch us!

बाबा रामदेवले कुस्तीमा हराए ओलंपिक पदक विजेतालाई [भिडियोसहित}

विहीबार, ०६ माघ २०७३, १५ : ३० मा प्रकाशित

अर्थ संसार

काठमाडौं–योगमा सबैलाई लठ्न पार्ने रामदेव कुस्तीमा समेत पारंगत छन् भन्ने कुरा कमैलाई थाहा होला । उनले बुधबार आफ्नो प्रतिभा ओलंपिक पदक विजेतालाई हराएर देखाएका छन् । आयुर्वेदिक औषधि उत्पादन गरेर विश्व बजार कब्जा गर्दै गएका रामदेवले लन्डनमा भएको ओलम्पिक खेलमा कुस्ती खेलेर रजत पदक जितेका युक्रेनी खेलाडी आन्द्रे स्टेडनिकलाई दिल्लीको केडी जाधव इन्डोर स्टेडियममा भएको प्रदर्शन खेलमा १२–० को अन्तरले हराएका छन्।

प्रो–रेस्लिङ लिग खेल भइरेका बेला मुम्बई र पञ्जावका कुस्ती खेलाडी दोस्रो सेमिफाइनल खेल्ने तयारी गरिरहेका बेला बाबा रामदेवले आन्द्रेसँग प्रतिस्पर्धा गरेका थिए । खेलमा बाबा रामदेवले आफ्नो पकड जमाउँदै आन्द्रेलाई टिक्नै दिएनन् ।  रामदेवको कौशल देखेर पेसेबर खेलाडी आन्द्रेले आश्चर्य ब्यक्त गरेका थिए । खेल सकिएपछि उनले रामदेवलाई राम्रो कुस्तीवाज भन्दै प्रशंसा गरेका थिए । बाबा रामदेवकै कम्पनी पतंजली आयुर्वेदले प्रायोजन गरेको कुस्ती प्रतिस्पर्धामा उनी भिडेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको