Like us!
Follow us!
Connect us!
Watch us!

हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएपछि पाकिस्तानमा मन्त्री बर्खास्त

बुधबार, २२ फागुन २०७५, १४ : ०७ मा प्रकाशित

हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएपछि पाकिस्तानमा मन्त्री बर्खास्त

अर्थ संसार, काठमाडौँ –  हिन्दु धर्म विरोधी वक्तव्य दिएको भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पञ्जाव प्रान्तका सूचना तथा सस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई  वर्खास्त गरिदिएका छन् ।

 हिन्दु सम्प्रदायको भावना विपरित गएर आपत्तिजनक अभिव्यक्ति दिए पछि मन्त्री बर्खास्तीमा परेका हुन् ।

प्रधानमन्त्री खानले पाकिस्तान कोही कसैलाई पनि कुनै पनि प्रकारको भेदभाव गर्ने कुराको सहन गर्न नसक्ने बताएका छन् ।

ती मन्त्रीले हिन्दु गाईको पिसाब पिउने भएकाले पाकिस्तानको मुकाबिला गर्न नसक्ने बताएका थिए । उनको उक्त भनाइ सहितको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।

चौहानले २४ फेब्रुअरीमा लाहोरमा आयोजित एका कार्यक्रममा विवादित भाषण गरेका थिए । उनलाई कडा कारवाही गर्ने तयारी गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको