Like us!
Follow us!
Connect us!
Watch us!

राजश्वका दर परिवर्तनमा  समय लाग्दा असुलीमा चाप

बुधबार, २२ फागुन २०७५, १६ : १३ मा प्रकाशित

राजश्वका दर परिवर्तनमा  समय लाग्दा असुलीमा चाप

काठमाडौँ । राजश्वका दर समयमा नै परिवर्तन गर्न नसक्दा राजश्व असुलीमा समस्या देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मध्यावधि समीक्षमा विषयगत मन्त्रालयबाट गैरकर राजश्वका दरहरु समयमा नै परिमार्जन नगर्दा असुलीमा समस्या आएको जनाएको हो ।

राजश्वको अधिकार प्रयोगका विषयमा संघ प्रदेश तथा स्थानीय निकायबीचको दुविधाले पनि काम गरेको बताइन्छ । चालु आवमा गैरकर तर्फ रु एक खर्बए सात अर्ब २१ करोड संकलन गर्ने लक्ष्य राखेकामा ६ महिनासम्म मात्रै रु ४२ अर्ब ८१ करोड ५० लाख मात्रै संकलन भएको छ ।

यस्तै अन्य कर भने रु १६ अर्ब सात करोड ८० लाख संकलन भएको छ । यस्तै शिक्षा सेवा शुल्क तर्फ रु ८१ करोड ८९ लाख संकलन गर्ने लक्ष्य रेकोमा ६ महिनाको अवधिमा रु ६० करोड ६२ लाख मात्रै संकलन भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको