Like us!
Follow us!
Connect us!
Watch us!

पाँच बर्षपछि हुनेछ नेपालको अर्थतन्त्र ५५ खर्ब, प्रतिव्यक्ति आय १५८३ डलर

विहीबार, २३ फागुन २०७५, १५ : ५३ मा प्रकाशित

पाँच बर्षपछि हुनेछ नेपालको अर्थतन्त्र ५५ खर्ब, प्रतिव्यक्ति आय १५८३ डलर

अर्थ संसार, काठमाडौं– सरकारले आगामी ५  बर्षमा ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी गर्ने प्रारम्भिक योजना निर्माण गरेको छ ।

राष्ट्रिय योजना आयोगले १५ औं पञ्चवर्षिय योजना मार्फत लगानी गरेर नागरिकको विकास र समृद्धिको चाहनालाई मुर्त रुप दिने छ ।

समृद्ध नेपाल, सुखी नेपालको संकल्प पुरा गराउन १५ औं पञ्च वर्षिय योजना सफल हुने सरकारको दावी छ । यस्तै आगामी २५ वर्षका लागि दिर्घकालिन सोँच समेत तयार भैरहेको सरकारको भनाइ छ ।

कुल लगानीमध्ये रु ३६ खर्ब ७४ अर्ब ५६ करोड सरकारले लगानी गर्नेछ । जुन कुल लगानीको ३७.६ प्रतिशत हुन्छ । निजी क्षेत्रले रु ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । उक्त रकम  कुल लगानीको ५८.१ प्रतिशत हुनेछ । त्यस्तै, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड अर्थात ४.३ प्रतिशत लगानी हुने छ ।

सो लगानीबाट आर्थिक वर्ष २०८०/८१ कुल गार्हस्थ उत्पादनको आकार ५५ खर्ब १६ अर्ब पुग्ने र प्रतिव्यक्ति आम्दानी १५८३ डलर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, आगामी पाँच बर्षमा मुलुकको औसत आर्थिक वृद्धिदर ९.३ प्रतिशत हुने छ ।

आव २०८०/८१ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २२.१ प्रतिशत हुनेछ भने उद्योग क्षेत्रको योगदान २०.३ प्रतिशत पुग्नेछ । सेवा क्षेत्रको योगदान ५७.६ प्रतिशत हुनेछ । गत आर्थिक वर्ष २०७४/७५ मा अर्थतन्त्रमा कृषिको योगदान २७.६ प्रतिशत, उद्योगको १४.८ र सवा क्षेत्रको ५७.६ प्रतिशत थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको