Like us!
Follow us!
Connect us!
Watch us!

सिके राउतसँग जनमत संग्रहको सहमति भएको छैन: गृहमन्त्री थापा

आइतबार, २६ फागुन २०७५, १४ : ५१ मा प्रकाशित

सिके राउतसँग जनमत संग्रहको सहमति भएको छैन: गृहमन्त्री थापा

अर्थ संसार, काठमाडौँ –आज बसेको  प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभामा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले सीके राउतसँग सरकारले गरेको सम्झौताले देशको स्वाधीनता, सार्वभौम सत्ता, स्वतन्त्रता, र अखण्डतालाई सुदृढ गरेको बताएका छन। 

बादलले बाहिर गरिएको जस्तो हल्लाको कुनै तुक नरहेको र सहमतिले देशको शान्ति सुरक्षालाई पनि सुदृढ बनाउने विश्वास व्यक्त गरे।   
उन्ले थपे स्वतन्त्र मधेस गठबन्धन भन्ने समूहले राष्ट्रको अखण्डता र स्वाधीनताको रक्षा गर्न तयार भएपछि सरकरले सहमति गरेको स्पष्ट पारे । राज्यले विखण्डनकारीहरुको अगाडि आत्मसमर्पण गर्यो भन्ने आरोप सांसदहरुले नै लगाएको भन्दै उहाँले देश विखण्डन गर्ने कोहीसँग पनि आत्मसमर्पण गर्न नसक्ने कुरा पनि ससदमा बोले । 

‘स्वतन्त्र मधेस गठबन्धन वा सरकारले एक अर्कासँग आत्मसमर्पण गरेको नभई संवैधानिक रुपमा सहमत भएको हो ।जनअभिमत भन्ने शब्दलाई जनमत संग्रहको रुपमा अहिले कतिपयले ब्याख्या गरिरहेको भन्दै  त्यस्तो बुझाइ गलत गरेको उहाँले बताउनुभयो ।‘मधेसलाई नेपालबाट अलग गर्ने वा नेपालमा नै रहने भन्ने कुरा जनमत संग्रहबाट टुंग्याउने भन्ने गरी केहीले गलत अर्थ लगाउन खोजिएको छ, त्यो गलत हो ।’ 
संविधानले नै जनमतसंग्रहबाट कुनै पनि भूभाग नेपालबाट अलग गर्न सक्ने अधिकार कसैलाई पनि नदिएको भन्दै उहाँले बरु कतिपय राजनीतिक समस्याको समाधान जनमतसंग्रहबाट गर्न सकिने अवस्था रहेको उहाँले स्पष्ट पारे । ‘हाम्रो संविधानले नै जनमतसंग्रहबाट कुनै भूभाग नेपालबाट अलग गर्न सकिने भनेको छैन । बरु देशका कतिपय राजनीतिक समस्यालाई जनमतसंग्रह गर्न सक्छ । तर त्यो पनि सरकारले मात्रै गर्ने होइन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको