Like us!
Follow us!
Connect us!
Watch us!

इथियोपियन एयरलाईनसको १५७ जना यात्रु बोकेको विमान दुर्घटना

आइतबार, २६ फागुन २०७५, १५ : १५ मा प्रकाशित

इथियोपियन एयरलाईनसको १५७  जना यात्रु बोकेको विमान दुर्घटना

अर्थ संसार, काठमाडौँ –इथियोपियामा १५७  जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।

राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेकाे बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ  ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताउनु भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

 

5c84ddfbbaa51.jpg 5c84ddfbc3730.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको