Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लद्युवित्तको आइपिओमा पहिलो दिनमै पर्यो ८ गुणा बढी आवेदन

आइतबार, २६ फागुन २०७५, १८ : ०८ मा प्रकाशित

स्पर्स लद्युवित्तको आइपिओमा पहिलो दिनमै पर्यो ८ गुणा बढी आवेदन

अर्थ संसार, काठमाडौं–स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा पहिलो दिनमै माग भन्दा ८. ३३ गुणा बढीको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार आइतबार दिउँसो ५ बजेसम्म २१ लाख कित्ताको लागि ७५ हजार जना आवेदकले आवेदन दिएका छन् ।

संस्थाले (आज) आइतबारदेखि  २ लाख ५२ हजार कित्ता साधारण शेयर (आइपिओ) बिक्री खुल्ला गरेको छ ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले काम गरिरहेको छ । यस कम्पनीले निश्कासन गरेको साधारण शेयरमा लगानी गर्ने इच्छुक लगानीकर्ताले सि आस्वा प्रणालीको माध्यमबाट र नजिकको बैंकबाट पनि आवेदन दिन सक्नेछन् । फागुन २६ गतेदेखि निश्कासन भएको साधारण शेयर फागुन २९ गते बन्द हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको