Like us!
Follow us!
Connect us!
Watch us!

चैतको अन्तिम सातादेखि माथिल्लो त्रिशूली थ्री ए को विजुली बल्ने

सोमबार, २७ फागुन २०७५, ०८ : ४४ मा प्रकाशित

चैतको अन्तिम सातादेखि माथिल्लो त्रिशूली थ्री ए को विजुली बल्ने

अर्थ संसार, काठमाडौं – आगामी चैतको अन्तिम सातादेखि ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत आयोजनाको परीक्षण सुरु हुने भएको छ । यो आयोजना नेपाल विद्युत प्राधिकरणले बनाइरहेको छ । यो आयोजना निर्माणको काम लगभग सकिएको प्राधिकरणले जनाएको छ ।

चैतको सुरुआतबाट आयोजनाको भौतिक संरचनाको परीक्षणको काम थाल्न लागिएको हो । यो आयोजना रसुवा र नुवाकोटको सीमा क्षेत्रमा बन्दैछ ।

‘ड्राई टेस्ट’ र ‘वेट टेस्ट’ गरेपछि मात्रै आयोजनालाई बैशाखबाट व्यवसायिक उत्पादनमा जोडिनेछ । चैतबाट भने विभिन्न भौतिक संरचनाको गुणस्तर परीक्षण हुनेछ । यो आयोजनाको बिजुली मातातीर्थ हुँदै काठमाडौंमा ल्याइने छ ।

विभिन्न कारणबाट यो आयोजना निर्माणका पनि ढिलाइ भएको थियो । पटक(पटक म्याद थपिएको यो आयोजना बल्ल उत्पादनमा जान सक्ने गरी तयार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको