Like us!
Follow us!
Connect us!
Watch us!

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ : डा भट्टराई

मंगलबार, २८ फागुन २०७५, ०८ : ०६ मा प्रकाशित

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ   :  डा भट्टराई

अर्थ संसार, राजविराज- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ ।

राजविराज विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताउनुभयो ।

उहाँले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गर्नुभयो । संविधानअनुसार स्वाधीनता, राष्ट्रिय अखण्डता र जनतामा निहीत सार्वभौमसत्तााई परिवर्तन गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, ‘‘यसमा जनमत सङ्ग्रह हुन सक्दैन ।’’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको