Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको सङ्ख्या घटाउन सुझाव

मंगलबार, २८ फागुन २०७५, १६ : ३६ मा प्रकाशित

सहकारीको सङ्ख्या घटाउन सुझाव

अर्थ संसार, काठमाडौँ– पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ ।

नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्नु चुनौती र आवश्यकता दुवै रहेकाले सञ्चालक सदस्यको खुशीमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

“विभागले निकट भविष्यमानै बढी सहकारी भएको ३५ जिल्लामा एकीकरणको सकारात्मक पक्षसहितको विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ”, उहाँले भन्नुभयो । कामपा सहकारी विभागका प्रमुख नमराज ढकालले महानगरमा रहेका एक हजार ८०० सहकारीलाई घटाएर ७०० मा ल्याउने प्रक्रिया शुरु गरिएको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न सहकारीबाट आएका प्रतिनिधिले सहकारी एकीकरण गर्ने विषयमा आफूहरुलाई जानकारी नभएकाले सर्वप्रथम त्यसबारे जानकारी गराउन अनुरोध गरेका थिए । एकीकरण भएपछिको संस्थाको भविष्यसहित कार्ययोजना आफूहरुलाई थाहा हुनुपर्ने कार्यक्रमका सहभागी सहकारी सञ्चालकले बताएका थिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दिपक पनेरुले सहकारी एकीकरण गर्न अत्यन्तै आवश्यक भएको बताउनुभयो । हाल देशभर ३४ हजार ५१२ सहकारी संस्था रहेको तथ्याङ्क छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको