Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स आइपिओमा पर्यो ५८ लाख कित्ता आवेदन

मंगलबार, २८ फागुन २०७५, २० : ३८ मा प्रकाशित

स्पर्स आइपिओमा पर्यो ५८ लाख कित्ता आवेदन

अर्थ संसार, काठमाडौं–स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा ५८ लाख  कित्ताको लागि आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार मंगलबार दिउँसो ५ बजेसम्म उक्त कित्ताको लागि २ लाख ५ हजार जना आवेदकले आवेदन दिएका हुन् ।
संस्थाले २६ गतेदेखि  २ लाख ५२ हजार कित्ता साधारण शेयर (आइपिओ) बिक्री खुल्ला गरेको छ ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले काम गरिरहेको छ । यस कम्पनीले निश्कासन गरेको साधारण शेयरमा लगानी गर्ने इच्छुक लगानीकर्ताले सि आस्वा प्रणालीको माध्यमबाट र नजिकको बैंकबाट पनि आवेदन दिन सक्नेछन् ।
फागुन २६ गतेदेखि निश्कासन भएको साधारण शेयर फागुन २९ गते बन्द हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको