Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

बुधबार, २९ फागुन २०७५, ०८ : ५० मा प्रकाशित

आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन माग

अर्थ संसार, काठमाडौँ– नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ ।

सङ्घीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक पूँजी परिचालन गरी उत्पादनमा आत्मनिर्भर भएका नेपाली उद्यमी व्यवसायी मारमा पर्ने चेम्बरको ठहर छ ।

आज एक विज्ञप्ती जारी गर्दै चेम्बरले राष्ट्रको समग्र विकासको लागि वैदेशिक लगानी अपरिहार्य भएता पनि आन्तरिक पुँजी परिचालन गरी स्वदेशी सीपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रमा नेपाली नै सक्षम रहेकाले सबै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न आवश्यक नरहेको जनाएको छ ।

वैदेशिक लगानी, आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रविधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुने चेम्बरले जनाएको छ । लघु उद्योग र घरेलु उद्योगअन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्र, पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन, कार्गो सेवा एवं शैक्षिक परामर्श जस्ता अतिमहत्वपूर्ण व्यवसायमा वैदेशिक लगानी भित्रयाउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाइदा नै हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।

ती क्षेत्रमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हुनुका साथै पुँजी निस्क्रिय हुने सम्भावना औँल्याउँदै चेम्बरले जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशीलतामा ह्रास आउने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको