Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

बुधबार, २९ फागुन २०७५, १६ : ३० मा प्रकाशित

माछापुच्छ्रे  बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं–कम समयमा नै नेपालीहरुको विश्वास जित्न सफल  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुच्छ्रे बैंकसँग “बैंकासुरेन्स” सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ  ।

  उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले हस्ताक्षर गरेका हुन् ।

जीवन बीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई बीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, र हरेक नेपालीहरुमाझ बैंकिङ्ग साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दो बैंकिङ्ग सेवा दिँदै आएकोमाछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा प्राप्तहुने विश्वास दुवै कम्पनीले लिएका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले माछापुच्छ्रे बैंकका शाखाहरुबाट सिटिजन लाइफइन्स्योरेन्सको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबीगर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्तगर्न सक्नुहुनेछ । ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध औषधि–उपचार खर्च प्राप्तगर्नेछन् ।

यसै सम्झौतासँगै माछापुच्छ्रे बैंकका ग्राहकहरुले पनि यस नौलो योजनाहरुको लाभ उठाउन सक्नेछन् । नेपालभर फैलिएका ग्राहकहरुलाई सेवाप्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ६२ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको