Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको शेयर किन्दै हुनुहुन्छ ? पहिला हेरौं यो कम्पनी विश्लेषण

विहीबार, ३० फागुन २०७५, ०८ : ४१ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको शेयर किन्दै हुनुहुन्छ ? पहिला हेरौं यो कम्पनी विश्लेषण

कम्पनीले चालू आव २०७५/७६ को दोस्रो त्रैमासमा रू. ८ करोड ९८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २ प्रतिशत बढी हो । कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ५९ लाख छ । बीमा समितिले तोकेको चुक्तापूँजी पुगेको छैन ।

सिद्धार्थ इन्स्योरेन्स : कम्पनी विश्लेषण (बुधवार, २९ फागुन २०७५) निर्जीवन बीमा कम्पनीले चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउनुपर्ने हुन्छ । अपुगरू. १३ करोड ४० लाखबराबरको रकम बोनस शेयर जारी गरेर पु¥याउने कम्पनीले बताएको छ । रिजर्भ कोषमा रू. २३ करोड १४ लाख छुट्याएको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा १ सय ९२ प्रतिशत बढी हो । बीमा कोषमा रू. ५९ करोड ९३ लाख जम्मा भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१ प्रतिशत बढी हो । कम्पनीले ७१ ओटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • पुस मसान्तसम्ममा कम्पनीले रू. ९२ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५ प्रतिशत बढी हो । जारी बीमालेखको संख्या ५५ हजार ५ छ भने नवीकरण गरिएको बीमालेखको संख्या १७ हजार ९ सय ५१ छ ।

  • कम्पनीले महाविपत्ति जगेडा कोषमा रू. २३ करोड १४ लाख छुट्याएको छ । दीर्घकालीन लगानी तथा कर्जा रू. ३३ करोड ६५ लाख छ । पुनर्बीमा कमिशनबाट रू. १३ करोड २८ लाख आम्दानी गरेको छ ।

  • ३ हजार १ सय ६९ जनालाई कम्पनीले रू. ५२ करोड ४९ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ८ सय ४४ जनालाई रू. ५८ करोड ५६ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।

  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २० दशमलव ७४, मूल्य आम्दानी अनुपात ३० दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. २ सय ४ दशमलव २९ छ । मंगलवारको शेयरमूल्य रू. ६ सय ३० कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.०५ गुणा

  • अर्निङ यिल्ड रेशियो : ३.१७ प्रतिशत

  • डिभिडेन्ट यिल्ड रेशियो : . ३.२९ प्रतिशत

  • खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १० हजार ६ सय १७ कित्ता शेयर खरीद गर्ने माग र १ हजार ७ सय ४२ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष 
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत गर्छ । आरएसआई न्युुट्रल जोन ५७ दशमलव ९० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १२ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ३० देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ६ सय ५४ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. ५ सय ९७ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको