Like us!
Follow us!
Connect us!
Watch us!

राम्रो सेल्फी खिच्ने तरिका

शुक्रबार, ०७ माघ २०७३, १४ : ३५ मा प्रकाशित

राम्रो सेल्फी खिच्ने तरिका

किरातनिज्र्वल मुकारुङ
मुकारुङ स्टुडियो, 
हाँडीगाउँ, काठमाडौं
कुनै पनि नयाँ स्थान परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ । मोबाइलबाट सेल्फी लिँदै तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक बढाउने ध्याउन्नमा धेरै हुन्छन् । अहिलेको युवा पुस्तामा यस्तो प्रवृति अत्यधिक पाइन्छ । तर, कतिपय अवस्थामा लिएको सेल्फी आफूले चाहेजस्तो नआउन सक्छ । किन हुन्छ यस्तो रु आफ्नो चाहनाअनुसार राम्रो सेल्फी खिच्न अपनाउनुपर्ने उपायका बारेमा फोटोग्राफर किरातनिज्र्वल मुकारुङका सुझाब यस्ता छन् :

 लाइट 
सेल्फीका लागि लाइट महत्वपूर्ण हुन्छ । ब्याकग्राउन्डको लाइट धेरै चम्किलो हुनु हुँदैन । अगाडिबाट आएको लाइट सेल्फी खिच्न तयार भएका सम्पूर्ण व्यक्तिमा आउन जरुरी हुन्छ । सबैलाई सो लाइटले कभर गरेको हुनुपर्छ ।
 एंगल 
सेल्फी खिच्दा एंगलमा धेरैको ध्यान जाँदैन । जसले गर्दा सेल्फी लिने व्यक्तिको मुहार बेढंगको देखिन सक्छ । सेल्फी सधैँ हलुका तल या माथिबाट लिँदा तस्बिर उत्तम आउँछ ।
 संख्या 
सेल्फी खिच्न कतिजना तयार भएर बसेका छन्, यसले तस्बिरको गुणस्तरमा फरक पार्छ । यदि एक या दुईजनाको मात्र सेल्फी लिन लागिएको छ भने खासै फरक पर्दैन । तर, ५–६ जनाको सेल्फी लिन लागिएको छ भने अनुहार नराम्रो आउन सक्छ । त्यसैले यस्तो अवस्थामा सेल्फी स्टिकको सहयोग लिनुपर्छ ।
 क्वालिटी 
आजकल कुनै पनि मोबाइलबाट सेल्फी लिने गरिन्छ । राम्रो क्वालिटीको क्यामेरा भए मात्र फोटो पनि राम्रो आउँछ । हुन त अहिले कम्पनीहरूले सेल्फीलाई नै मध्यनजर गर्दै स्पेसल मोबाइल उत्पादन गर्न लागेका छन् ।
 ट्रिटमेन्ट 
अन्य तस्बिरजस्तै सेल्फीलाई पनि सामान्य ट्रिट गरेर सेयर गर्नु राम्रो हुन्छ । अहिले अधिकांश मोबाइलमा नै फोटो ट्रिटमेन्ट फिचर समावेश भएका हुन्छन् । जसले कलर कन्ट्रास आदिलाई अझ राम्रो बनाइदिन्छ । त्यस्तै, सेल्फीमा बिग्रिएको अनुहार बनाइदिने केही एप्सहरू पनि उत्पादन भइसकेका छन् ।

नयाँ पत्रिका 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको