Like us!
Follow us!
Connect us!
Watch us!

१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

शनिबार, ०२ चैत्र २०७५, ११ : २३ मा प्रकाशित

१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

अर्थ संसार, काठमाडौँ– लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि ९एसएपीडीसी० लाई उक्त परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ । सो कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।

उक्त बैठकले लगानी बोर्ड कार्यालयले आगामी लगानी सम्मेलनमा प्रस्तुत गरिने ६३ वटा परियोजनाको सूची स्वीकृत गरेको जनाएको छ । ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृत गरी आगामी लगानी सम्मेलनमा प्रस्तुतिकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो ।    उहाँले उक्त सम्मेलनलाई अर्थपूर्ण बनाइ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन निर्देशन दिनुभयो ।

सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिनुभयो । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आगामी सम्मेलनका लागि भएका तयारीबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्याल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, मूख्य सचिव लोकदर्शन रेग्मीलगायतको सहभागिता थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको