Like us!
Follow us!
Connect us!
Watch us!

काठमाण्डौं मलका व्यवसायीले सञ्चयकोषमा ज्ञापन पत्र सहित धर्ना

शनिबार, ०२ चैत्र २०७५, ११ : ३० मा प्रकाशित

काठमाण्डौं मलका व्यवसायीले सञ्चयकोषमा ज्ञापन पत्र सहित धर्ना

अर्थ संसार, काठमाडौं– काठमाण्डौं मलका व्यवसायीले सञ्चयकोषमा ज्ञापन पत्र सहित धर्ना दिएका छन् । सञ्चयकोषले आफुहरु संग कुरा गर्न नमाने पछि विरोध सहित ज्ञापन पत्र बुझाउनु परेको व्यवसायीले बताएका छन् ।

द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा सञ्चयकोष गएका व्यपारीलाई प्रशासक तुलसी गौतमले भेट्न नमाने पछि नारा लगाएका थिए ।

व्यपारीको चर्कोनारा बाजी पछि भेट्न तयार भएका प्रशासकले पदाधिकारीलाई वार्तामा बोलाएपछि व्यपारीले नारा लगाउन रोकेका थिए । आफ्नो लगानीको सुनश्चितको नारा लगाउँदै काठमाण्डौं मलका व्यापारी व्यानार सहित सञ्चयकोष भवन पुलचोक पुगेका थिए ।

व्यपारीहरुले ‘व्यवसायी माथिको दमन बन्द गर, व्यवसाय गरी खान देउ, व्यवसायीको लगानी सुनिश्चीत गर , वैज्ञानिक भाडादर कायम गर’ भन्दै नारा लगाएका थिए ।

द काठमाण्डौं व्यपार संघका अध्यक्ष सुषमा महराले १५ वर्षको योजना बनाएर आएका व्यवसायीलाई सञ्चयकोषले तेत्तीकै हटाउन नपाउने बताएकी छन् । उनले यदी व्यवसायीलाई हटाउने नै हो भने आफ्नो लगानी फिर्ता गर्न माग गरेकी छन् ।

व्यपारीहरुले सञ्चयकोष कै केहि कर्मचारी काठमाण्डौ मलको विषयमा चलखेल गरेको बताउँदै आफ्नो माग सहितको ज्ञापनपत्र बुझाएका हुन् । व्यवसायीले काठमाण्डौं मल खाली गराउन लागेको हो की होईन ? काठमाण्डौं मलको बी ब्लक भत्काउने हो की होईन ? भन्ने प्रश्न गर्दै टहराका व्यवसायीलाई तत्काल नहटाउन आग्रह गरेका छन् । मलमा वैज्ञानिक भाडादर कायम गर्न भन्दै मलमा टेन्डर आव्हान गर्दा टहराका व्यपारीलाई पहिलो प्रथमिकता दिनु पर्ने आफ्नो माग रहेको व्यपारीले बताएका छन् । त्यस्तै काठमाण्डौ मलमा कुनै मलको जस्तो सुविधा नभएको भन्दै इलेक्ट्रिक भ¥याङ, लिफ्ट , सरसफाई लगाएतको व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् । छलफलमा सञ्चयकोषले आफ्नो बोर्ड बैठक बसी आइतबार कोषले के गर्छ भन्ने व्यवसायीलाई जानकारी गराउने बताएको छ ।

व्यवसायीले सञ्चयकोषलाई आइतबार सम्मको अल्टीमेटम दिएका छन् । आईतबार सम्म आफ्ना मागको विषयका कुनै राम्रो संकेत नदेखिए भोकहड्ताल सहितको विरोधका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । व्यपारीहरुको ४ अर्व लगानी भएको काठमाण्डौं मलमा झण्डै ३ सय व्यपारी रहेको द काठमाण्डौ व्यपार संघले जनाएको छ ।

5c8c8fa9dbe6f.jpg 5c8c8fa9e1cc1.jpg 5c8c8faa1f476.jpg 5c8c8faa25d7e.jpg 5c8c8faa80c13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको