Like us!
Follow us!
Connect us!
Watch us!

फेवाको साढे २८ करोड सञ्चालन मुनाफा

शुक्रबार, ०७ माघ २०७३, १४ : ३७ मा प्रकाशित

फेवाको साढे २८ करोड सञ्चालन मुनाफा

अर्थ संसार
बेनी– म्याग्दीको बेनीलगायत देशका २९ ठाउँबाट बैङ्किङ सेवा प्रवाह गर्दै आएको फेवा विकास बैङकले चालु आर्थिक वर्षको ६ महिनामा साढे २८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
 
गत आर्थिक वर्षको तुलनामा ६५ प्रतिशत बढी २८ करोड ५३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले जनाएको छ । ६ महिनाको अवधिमा १२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन र ११ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको बैङ्कको तरलता अनुपात २५.६७ प्रतिशत रहेको छ ।
 
पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैङ्कसँग मर्ज हुने तयारीमा रहेको बैङ्कले विभिन्न योजनाअन्तर्गत निक्षेप संकलन, कर्जा प्रवाह, रेमिटेन्स सेवा प्रवाह गर्दै आएको बेनी शाखाका प्रबन्धक कुमार ढुङ्गानाले जानकारी दिए । मर्जपछि कायम हुने चुक्तापुँजी एक अर्ब ८४ करोडको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने बैङ्कको तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको