Like us!
Follow us!
Connect us!
Watch us!

साना उद्योग मुलुकको आर्थिक समृद्घिको आधार : उद्योगमन्त्री

आइतबार, ०३ चैत्र २०७५, १८ : १४ मा प्रकाशित

साना उद्योग मुलुकको आर्थिक समृद्घिको आधार : उद्योगमन्त्री

अर्थ संसार, काठमाडौं – प्रदेश नं १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय जगदिश प्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताउनुभएको छ ।

यस्ता उद्योगहरू नै मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ प्रदेश नं।१ सरकार केन्द्रित रहने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवद्र्धनका लागि स्थानीय निकाय, प्रदेश सरकार र केन्द्र सरकारले खेल्नुपर्ने भुमिकाका विषयमा छलफलमा यस्तो बताउनुभएको हो ।

मुलुकको संविधानकै मूल मर्म समृद्घि भएको भन्दै उहाँले अबको प्रमुख काम भनेकै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपले समृद्घि भएकोमा जोड दिनुभयो । समृद्घिका लागि आफैसँग भएका स्रोत साधनको खोजी र उपयोगिताबाट मात्रै प्राप्त गर्न सकिने भन्दै उहाँले स्थानीय स्रोत साधनमा आधारीत लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्घनबाट मात्रै समृद्घि सम्भव भएको बताउनुभयो ।

महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले भर्खरै मात्र संसदद्वारा पारित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन संशोधन र एकिकरण विधेयकमा लघु उद्यम तथा घरेलु उद्योग लगायत कृषि तथा कृषिसँग सम्बन्धित उद्योग, मत्स्यपालन, मौरीपालन तथा डेरी उद्योगमा समेत विदेशी लगानी खुला गरिएकोमा यसले मौलिक पहिचान भएका लाखौं स्वदेशी उद्योगहरुलाई धाराशायी पार्ने भएकाले हाम्रा मौलिक पहिचान भएका बस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योगमा विदेशी लगानीको प्रावधानलाई हटाउनुपर्ने तर्फ जोड दिनुभयो ।

लघु, घरेलु तथा साना उद्योग दर्ता तथा नविकरण गर्ने अधिकार पालिकालाई दिने र प्रदेश सरकारले विभिन्न स्कीमहरु बनाई यसको विकास र प्रवद्र्धनका लागि पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्वदेशी वस्तुको बजार पहुँचको दायरालाई फराकिलो बनाउन भारत सरकारले समेत सार्वजनिक खरीद प्रक्रियामा २५ प्रतिशतसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्था गरेको सन्दर्भमा नेपालमा पनि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकामा व्यवस्था गरे बमोजिम १५ प्रतिशतसम्म महंगो भएपनि उपलव्ध भएसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने व्यवस्थालाई सवै तहका सरकारले प्रभावकारी रुपमा लागु गराउनुपर्ने अध्यक्ष गिरीले ध्यानाकर्षण गराउनुभयो ।

उद्योग व्यवसायको क्षेत्रमा विभिन्न वहानामा गरिने तोडफोड, हत्या, विस्फोट जस्ता घट्नालाई निष्तेज पारिनुपर्ने । हालै बैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्गको घरमा गराइएको बम विष्फोटको घटनाको महासंघ विरोध गर्दछ र यस घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न महासंघ आग्रह गर्दछ ।

नेपालको संविधान बमोजिम प्रदेश नम्बर १ सभाले बनाउने ऐन र कानुन निर्माण गर्दा सरोकारवाला नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो ।

महासंघले उठान गरेका विषयहरुप्रति प्रदेश सरकारका मन्त्री कुशियतले लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि पहल र प्रयास गर्ने बताउँदै आवश्यक परेमा महासंघको प्रतिनिधिलाई बोलाई छलफल गरिने बताउनुभयो ।

5c8e3e5548d4e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको