Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् नेपाल भित्रिएका हुन्डाइका सवारी, मूल्य सहित

विहीबार, ०७ चैत्र २०७५, ०८ : ३४ मा प्रकाशित

यस्ता छन् नेपाल भित्रिएका हुन्डाइका सवारी, मूल्य सहित

अर्थ संसार, काठमाडौं – दक्षिण कोरियाको सिओलमा मुख्यालय रहेको हुन्डाई ब्राण्डको सवारी साधन निर्माता कम्पनीको नेपाली आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले विभिन्न ब्राण्डका सवारी साधन भित्र्याएको छ ।

विभिन्न दश ब्राण्डका ती सवारी साधन न्यूनतम रु २४ लाखदेखि अधिकतम रु १ करोड १० लाख मूल्य बराबरका सवारी साधन रहेका छन् ।

स्यान्ट्रो म्याग्नाको रु २४ लाख ९६ हजार रहेको छ । स्यान्ट्रो स्पोर्टस जेड रु २६ लाख ९६ हजार, म्याग्ना एएमटीको रु २८ लाख ५६ हजार, ग्राण्ड आइटेन एफएल, म्याग्नाको रु २७ लाख ९६ हजार रहेको छ ।

म्याग्ना ए\टीको मूल्य रु ३१ लाख ५६ हजार , स्पोर्टसको रु ३० लाख ५६ हजार, स्पोर्टस एटीको रु ३४ लाख ५६ हजार रहेको छ ।

इलाइट आइ २० एसटिएको रु ३६ लाख ९६ हजार, आइ २० एक्टिभ बेस रु ३४ लाख ९६ हजार, आइ२० एक्टिभ एसको रु ३८ लाख ५६ हजार, क्रेटा तर्फ आठ ब्राण्डका सवारी छन् । त्यसमा डिजल र पेट्रोल दुवै थरी सवारी साधान छन् ।

त्यसमा क्रेटा इ लोडेड रु ४३ लाख ५६ हजार, क्रेटा इप्लस रु ५५ लाख ९६ हजार, क्रेटा इ प्लस लोडेड रु ४६ लाख ५६ हजार, क्रेटा एस एक्सको रु ५३ लाख ५६ हजार, क्रेटा एसएक्स ८० को रु ५९ लाख ९६ हजार रहेको छ । यस्तै क्रेटा एसएक्सओ को रु ६० लाख ५६ हजार, क्रेटा एसको रु ५० लाख ५६ हजार , एसएक्सको रु ५८ लाख ९६ हजार रहेको छ । तर्फ विद्युतीय सवारी साधन रहेका छन् । त्यसमा कोना र आयोनिक रहेका छन् । त्यसको मूल्य क्रमशः रु ५५ लाख ९६ र रु ५१ लाख ९६ हजार रहेका छन् ।

एक्स सेन्टमा दुई वटा सवारी छन् । एसको रु ३० लाख ९६ हजार र एसएक्सको रु ३३ लाख ५६ हजार रहेको छ । भर्ना तर्फ रु ५२ लाख ९६ हजार रहेको छ । टक्सन तर्फ लो ट्रीम रु ९४ लाख ९६ हजार, लो ट्रीम एटीको रु ९९ लाख ९६ हजार, हाइ ट्रीम एटीको रु १ करोड १० लाख ९६ हजार रहेको छ । लो ट्रीम एटी डिजल तर्फ रु १ करोड ८ लाख ९६ रहेको छ ।

5c8f348296738.jpg 5c8f3482cec59.jpg 5c8f348a6742d.jpg 5c8f348ceda4e.jpg 5c8f348d2ae85.jpg 5c8f348f34018.jpg 5c8f3490d6f32.jpg 5c8f3492723c8.jpg 5c8f349a977f4.jpg 5c8f349c1b0f3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको