Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस, युनियन हाइड्रोपावरको ३५ लाख ३४ हजार कित्ता आइपीओ खुल्दै

मंगलबार, ०५ चैत्र २०७५, ०९ : ०६ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस, युनियन हाइड्रोपावरको ३५ लाख ३४ हजार कित्ता आइपीओ खुल्दै

अर्थ संसार, काठमाडौं– युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले यही चैत्र १३ गतेदेखि साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ । 

कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी प्रतिकित्ता १ सय रुपैयाँको दरले ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर   बिक्री गर्न लागेको हो ।

यसको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । चैत्र १३ गतेदेखि बिक्री खुल्ला भएको आइपिओमा  आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । तर, सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता देखि ३५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ ।

नियामन निकाय धितोपत्र बोर्डले युनियनलाई  प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो ।

युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा  नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।

यसमा कर्मचारीहरुई २ प्रतिशत अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ ।  

यस हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपैयाँ रहेको छ ।

यस परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । लगानी फिर्ता हुन १०.६१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि २३.२३ वर्ष रहेको छ । 

कम्पनीले ३ मेगावटको परियोजना निर्माण गरिरहेको छ ।

5c8f4be05e0fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको