Like us!
Follow us!
Connect us!
Watch us!

राउण्ड टेबल नेपाल द्धारा १०५४ पिन्ट रगत सङ्कलन

सोमबार, ०४ चैत्र २०७५, १३ : ५३ मा प्रकाशित

राउण्ड टेबल नेपाल द्धारा १०५४ पिन्ट रगत सङ्कलन

अर्थ संसार, काठमाडौं– जीवन रक्षामा साझेदारी कार्यक्रम अन्तर्गत राउण्ड टेबलनेपालले राउण्ड नेपाल ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा १४,१५,१६ र १७ मार्च (फागुन ३०,चैत १,२ र ३ ) गते आयोजना गरेको रक्तदान कार्यक्रमबाट १०५४ पिन्ट रगत सङ्कलन गरेको छ।

रक्तदान कार्यक्रम नेपालका ८ ठूला सहरहरुमा आयोजना गरिएको थियो जसमा , काठमाडौँ ,विराटनगर,वीरगञ्ज , धरान , विर्तामोड , भैरहवा , नारायणघाट र सोनापुर थिए ।

रक्तदानमा विराटनगरमा १०६, वुटवलमा १२०, विर्तामोडमा ३४, वीरगञ्जमा ४५, सिटी सेन्टर मा २०, भाटभटेनीमा २६, लबिम मलमा १५, सिभिल मलमा ३४, शेर्पा मलमा २४, सेन्ट्रल बिजनेश पार्कमा ५१, LRT 16 & SRT ७  द्धारा ६७ BPRT 11 द्धारा ६०, BRT 27 २१, NRT 14 द्धारा १२८, DRT 26 द्धारा १३१, DART 29 द्धारा ६१, BCRT 15 द्धारा २५, BPRT 10 द्धारा५३ र BSRT 18 द्धारा ३७पिन्ट रगत सङ्कलन भएको थियो ।

आम जनतामा रक्तदान प्रति चेतनावृद्धि  गर्नुका साथै एक पिन्ट रक्तदानद्धारा अरुका जीवन रक्षामा संलग्न हुन पाउँछ र ज्यान जोगिन्छ लाखौँमा मुस्कान ल्याउँछ भन्ने नाराका साथ उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सङ्कलित रगत विभिन्न रेडक्रस क्लवहरुलाई उपलब्ध गराइयो ।

राउण्ड टेबलको स्थापना संयुक्त अधिराज्यको नर्विचमा १४ मार्च १९२७ मा भएको थियो । अहिले यसका ३४००० सदस्य छन् जुन ७५ मुलुकमा छरिएर रहेका छन् ।

राउण्ड टेबल नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय संस्था हो  । यसले आफ्नो स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा उल्लेखनिय योगदान पुर्याउँदै आएका छन् ।

पिछडिएका बालबालिका ध्यानमा राखेर यसले राष्ट्रिय योजना चलाउँदै आएको छ । नेपालमा २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भुकम्प पछि विभिन्न ६ वटा अन्तराष्ट्रिय क्लवहरु– Round  Table, Ladies Circle , 41 club , WOCO Foundation , Tangent and Agora , त्बलनभलत बलम ब्नयचब सँगको साझेदारीमा “अल ४ नेपाल” नामको निर्माणमुखी योजना चलाउँदै आएको छ ।यस योजना अन्तर्गत १०० वटा कक्षाकोठा र ५० वटा अस्थायी लर्निङ्ग सेन्टर तयार गरिने छ ।

यसमध्ये केही कक्षाकोठाको निर्माण पुरा भई हस्तान्तरण पनि भएको छ भने कुनै निर्माण अवस्थामा छनर चाँडै पुरा गरी हस्तान्तरण गरिने लक्ष्य लिएको छ । राउण्ड टेबल नेपाल विभिन्न सामाजिक कार्य विशेषगरी वालवालिकाहरुको शिक्षा तथा सरसफाईमा केन्द्रित भई वर्षभरिनै विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

5c8f52afb0476.jpg 5c8f52b69604d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको