Like us!
Follow us!
Connect us!
Watch us!

जेबिल्सको ३ लाख ४० हजार कित्ता शेयर लिलामी खुल्यो

मंगलबार, ०५ चैत्र २०७५, १० : ३३ मा प्रकाशित

जेबिल्सको ३ लाख ४० हजार कित्ता शेयर लिलामी खुल्यो

अर्थ संसार, काठमाडौं- जेबिल्स फाइनान्स लिमिटेडले यस अघि  लिलामीमा नबिकेको सस्थापक शेयर पुन (आज) चैत ५ गतेदेखि लिलामी खुला गरेको छ । फाइनान्सले ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर पुनः लिलामी खुला गरेको हो ।


यसअघि कम्पनीले पुस १० देखि १७ गतेसम्म संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६७२।५० कित्ता  शेयर लिलामीमा ल्याएको थियो ।
 
त्यसबेला संस्थापक समूहको ३ लाख २५ हजार कित्तामात्र बिकेपछि बाँकी शेयर फेरि लिलामीमा ल्याइएको हो । यसपटक यस संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । चैत्र १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
 
सेयरको न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोलमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि असार १० देखि साउन २८ गतेसम्म २३ लाख ११ हजार ६५० कित्ता ४०प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।
 
त्यसबेला बिक्री नभएको सेयर अहिले लिलामी प्रक्रियामा ल्याइएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीबाट लिलामी भर्न पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको