Like us!
Follow us!
Connect us!
Watch us!

लोक गायिका लक्ष्मी तामाङ सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै (फोटोफिचर)

मंगलबार, ०५ चैत्र २०७५, १७ : १२ मा प्रकाशित

लोक गायिका लक्ष्मी तामाङ सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै (फोटोफिचर)

अर्थ संसार, काठमाडौँ – लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन कोसिषरत नाम हो ।

नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका  लक्ष्मी तामाङ। विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहने गायिका लक्ष्मी तामाङले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्।

दर्जनौ हिट गीतहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन। लक्ष्मी तामाङले दर्जनौ लोक गित, आधुनिक गित तथा सेलो गीतहरु बजारमा लिएर आइसकेकी छिन भने आधा दर्जन म्युजिक भिडियो समेत बजारमा लिएर आईसकेकि छिन । ५ बर्ष देखि सांगीतिक क्षेत्रमा भए पनि बिगत १ बर्ष देखि मात्र उनि ब्यबसायिक गायन क्षेत्रमा सक्रिय भएर लागेकी छिन । बिशेष गरी लोक दोहोरी क्षेत्रमा चर्चित बन्न सफल गायिका लक्ष्मीमा हर प्रकारका गीत गाउन सक्ने क्षमता छ । उनी भन्छिन् म गायन क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गरेर छाड्छु ।

आफूलाई लोक गायिका भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकी पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका लक्ष्मीले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ। साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

 सानै देखि गायन तथा नृत्यमा रुचि राख्ने लक्ष्मी अभिनयमा समेत अब्बल छिन । जिल्लामा हुने हरेक सास्कृतिक कार्यक्रम देखि मेला महोत्सबमा सानै देखि भाग लिदै आएकी उनले चलचित्रमा समेत अभिनय गरेकी छिन ।

गायिका लक्ष्मी भन्छिन् लोक संस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोकदोहोरीलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि । त्यसैले पनि म लोक संगीतमा बढी झुकाब राख्छु ।

5c90d37197d09.jpg 5c90d371ebf05.jpg 5c90d37272e91.jpg 5c90d372dd509.jpg 5c90d373c7877.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको