Like us!
Follow us!
Connect us!
Watch us!

रंगिए दाह्रीहरु

बुधबार, ०६ चैत्र २०७५, २० : ४७ मा प्रकाशित

रंगिए दाह्रीहरु

अर्थ संसार, काठमाडौँ– दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको पाईन्छ । 


बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग माझ देशभर करीब १००० को संख्यामा टि सर्ट विक्रि गरिएको थियो । एउटा टिसर्टको मूल्य २ सय ५० रुपैया राखीएको थियो भने उठेको उक्त रकम सामाजिक कार्यमानै खर्च गरिने दाह्री ग्याङका संस्थापक सदस्य जगदिश भण्डारी बताउनुहुन्छ । “रंगीएर रंगीन यि थरिथरिका रंगहरु माझ .. दारी ग्याङ्गको यो रगंको उत्सव प्रियजनहरु माझ” भन्ने मूल नाराको साथमा कार्यक्रम समापन भएको छ । दारी ग्याङमा आवद्ध एक युवा विपुल पाण्डे भन्छन— युवा पुस्ताले आफनो संस्कृतीको जगेर्ना गर्न चालेको यस्तो कदममा म निकै खुशी छु यसले भाइचाराको सम्बन्धलाई अझै बलियो बनाउने छ  । दारी ग्याङले आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेसन समक्ष समेत सहकार्य जारी राख्ने जानकारी पाईएको छ ।कार्यक्रम बिहानको ११ बजेबाट ३ बजेसम्म विभिन्न खेलहरुको साथै नाचगानका साथ समापन भएको अर्का संस्थापक सदश्य मनोज मालाकारले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको