Like us!
Follow us!
Connect us!
Watch us!

विप्लवविरुद्ध सेना परिचालन सम्बन्धमा नेपाल सेनाले निकल्यो यस्तो विज्ञप्ति

विहीबार, ०७ चैत्र २०७५, २० : ३३ मा प्रकाशित

विप्लवविरुद्ध सेना परिचालन सम्बन्धमा नेपाल सेनाले निकल्यो यस्तो विज्ञप्ति

अर्थ संसार, काठमाडौँ – नेपाली सेनालाई जोडेर आइरहेका पछिल्ला प्रचारहरु प्रति नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

बिहीबार नेपाली सेनाले एक विज्ञप्ती निकल्दै  आएका खबर तथा  सूचनालाई भ्रामक र कपोलकल्पितको संज्ञा दिएको छ ।विज्ञप्तिमा सेनाले विगत केही दिनदेखि आधिकारीक श्रोतले दिएको औपचारिक सूचना बाहेक पनि विभिन्न सैनिक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुले नेपाली सेना सम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारी प्रति सजग भएको र सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गhराएको छ । साथै   वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा यस्ता समाचारहरुबाट भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

हेर्नुस् विज्ञप्ति 

5c93a540ee748.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको