Like us!
Follow us!
Connect us!
Watch us!

इराकमा डुंगा डुब्दा सय बढीको मृत्यु

शुक्रबार, ०८ चैत्र २०७५, ०७ : ५७ मा प्रकाशित

इराकमा डुंगा डुब्दा  सय बढीको मृत्यु

अर्थ संसार, काठमाडौं– इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ ।

मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् ।

इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् । ५५ जनाको जीवितै उद्धार गरिएको छ । डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ ।

मोसुल बाँधको ढोका खोलिएका बेला नदीमा पानीको सतह बढेको भन्दै अधिकारीहरुले चेतावनी समेत जारी गरेका थिए । तर, सोही अवस्थामा एउटै डुंगामा ठूलो संख्यामा पर्यटक चढेर गएपछि दुर्घटना भएको बताइएको छ । (एजेन्सी)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको