Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ३-१ को गोल अन्तरले पराजित, भारत साफ महिला च्याम्पियन

शुक्रबार, ०८ चैत्र २०७५, १६ : ५५ मा प्रकाशित

नेपाल ३-१ को गोल अन्तरले पराजित,  भारत साफ महिला च्याम्पियन

अर्थ संसार, काठमाडौं– नेपाललाई पराजित गर्दै भारत पाँचौ साफ महिला च्याम्पियन बनेको छ ।

शुक्रबार विराटनगरस्थित शहिद रंगशालामा नेपाललाई ३–१ गोल अन्तरले पाखा लगाउँदै भारत भारत च्याम्पियनसिप बनेको हो ।

खेलको २६ औँ मिनेटमा फ्रीकिकमार्फत डालिमा छिब्बरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसको केही बेरपछि नेपालका लागि सावित्रा भण्डारीले ३३ औँ  मिनेटमा बराबरी गोल गरिन्।

तर दोस्रो हाफको ६३औँ मिनेटमा भारतका लागि ग्रेस दाङमेईले गोल गर्दै भारतलाई २-१ को अग्रता बनाइन् । त्यस्तै ७८औँ  मिनेटमा भारतका लागि अञ्जु तामाङले गोल गर्दै अग्रता ३-१ को अग्रता दिलाइएको थिइन् । बाँकी समयमा गोल हुन सकेन ।

नेपालले  सेमिफाइनलमा  श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको