Like us!
Follow us!
Connect us!
Watch us!

ड्याट्सन गो कार नयाँ मूल्यमा (फोटोफिचर)

आइतबार, १० चैत्र २०७५, १८ : ४९ मा प्रकाशित

ड्याट्सन गो कार  नयाँ मूल्यमा (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– नेपालमा ड्याट्सन गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ ।

नेपाली बजारमा रु २४ लाख ९९ हजारबाट प्रारम्भ हुने यस गाडीका विभिन्न ३ मोडलहरु रहेका छन् । जसमा GO A (0), Go T र  GO T (0)  नेपाली  बजारमा उपलव्ध रहेका छन् । यी गाडीहरु थापाथली तथा उत्तर ढोकास्थित कम्पनीका आधिकारिक  शोरुमहरु तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्त गर्न सकिनेछ ।

नयाँ ड्याट्सन गो गाडीमा अभूतपूर्व विशेषताहरु रहेका छन । यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग  अनुभवको जीवन्तता प्राप्त गर्न सकिन्छ ।

कारले नयाँयुगको लागि जापानीज प्रविधि युक्तइन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वाेत्तम प्याकेज प्रदान गरेको छ । नयाँ ड्यट्सनगोमा २८ विभिन्न विशेषता तथा !))+ अपडेटहरु विद्यमान रहेका छन् ।

फस्टइन सेग्मेन्ट

  • एनड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो

  • १४ इन्चको हाइमन्ड – कट अल्लोइ ह्वील

  • सेफ्टी प्याकेज–डुयल एयर व्याग, ABS+ED+BA तथा पार्किङ्ग सेन्सर

वेस्ट–इन–क्लास

  • १८० एम.एमको ग्राउन्ड क्लियरेन्स

  • २४५० एम.एमको ह्वीलवेस

  • २६५ लिटर लगेज स्पेस

  • ४.६ एम टर्निङ्ग रेडियस

नयाँ ड्याट्सन गोमा  Ride Control Advanced Suspension System तथा 1.2L HR12 DE पेट्रोल इन्जिन रहेको छ जसले प्रतिलिटर १९.८३ किलोमिटर प्रदान गर्दछ । बाहिर हेर्दा स्पोर्टि तथा भित्र बस्नको लागि धेरै स्पेस भएको, ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, वेस्ट–इन–क्लास स्पेस, तथा गतिशिलता प्रदान गर्दछ ।

ड्याट्सनका बारेमा

निशान मोटर कम्पनी लिमिटेडले मार्च २०१२ मा निशानको तेस्रो अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा पुन आगमन भएको हो । ड्याट्सनले निरन्तर आफ्ना ग्राहकहरुलाई मोटरिङ्ग अनुभव प्रदान गर्दै आएको छ । ड्याट्सनले निशानको एक महत्वपूर्ण अंगका रुपमा रही जापनिजकारको १०८ वर्षको अनुभवलाई प्रतिनिधित्व समेत गरेको छ ।

ड्याट्सनले भारत, इन्डोनेशिया, रसिया तथा दक्षिण अफ्रिकामा सन २०१४ देखि विक्री वितरण गर्दै आएको छ । सन २०१४ देखि नेपालमा पायोनियर माटो कर्पद्धारा ड्याट्सन कारको विक्री प्रारम्भ गरिएको हो ।

पायोनियर मोटो कर्प प्रा. लि.का.बारेमा

पायोनियर मोटो कर्प ड्याट्सन तथा निशान गाडीहरुको नेपालका लागि आधिकारीक विक्रेता हो । कम्पनीले आफ्नै ४ विभिन्न स्थानमा आफ्नै शोरुम तथा ललितपुरमा रहेको भव्य र आधुनिक सर्भिस सेन्टरहरुबाट सेवाप्रदान गर्दै आएको छ । भने भविश्यमा डिलर नेटवर्कको माध्यमबाट थप १२ स्थानहरुबाट आफ्नो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

5c97865860f02.jpg 5c97865caac8a.jpg 5c9786600891a.jpg 5c978668cf494.jpg 5c978669424b3.jpg 5c97866a81e8d.jpg 5c97866b77fd7.jpg 5c97866c9fa33.jpg 5c97866e84e9d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको