Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने नेता पक्राउ

सोमबार, ११ चैत्र २०७५, १२ : २१ मा प्रकाशित

राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने  नेता पक्राउ

जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । 

राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । 

विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गर्नुभएको थियो । 

प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई लुसाकाबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो । 

“उहाँलाई अहिले प्रहरी हिरासतमा राखिएको छ, थप विवरण पछि दिदै गरौला,” उहाँले भन्नु भयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको