Like us!
Follow us!
Connect us!
Watch us!

कति थियो तत्कालीन राजा बीरेन्द्रको परिवारका नाममा चल सम्पत्ति ?

शनिबार, ०८ माघ २०७३, १२ : ३८ मा प्रकाशित

कति थियो तत्कालीन राजा बीरेन्द्रको परिवारका नाममा चल सम्पत्ति ?

अर्थ संसार

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र राजकीय सत्ता आफ्नो हातमा लिनुअघि सम्म ब्यापारी थिए । उनको सिप्रदी, सोल्टीलगायतका कम्पनीमा करोडौं लगानी थियो । तत्कालीन राजा वीरेन्द्र शाह भने सत्तामै रमाइरहेका थिए । पुख्र्यौली विरासतमा पाएको सम्पत्ति छँदैथियो । त्यसबाहेक उनको सम्पत्ति कति थियो होला ? 

राजा बीरेन्द्रको बंश विनास भएपछि सरकारले उनी र उनको परिवारका नामा भएको सम्पत्ति नेपाल ट्रस्ट स्थापना गरेर त्यसअन्तर्गत आउने निर्णय सरकारले गरेको थियो । नेपाल ट्रस्टले आफ्नो नाममा ल्याएको बीरेन्द्र र उनको परिवारको चल सम्पत्तिको बिबरण सार्बजनिक गरेको छ ।

नेपाल ट्रस्टका अनुसार बीरेन्द्रको परिवारका नाममा ४० करोड ८८ लाख ७६ हजार रुपैँयाबराबरको सम्पत्ति भेटिएको छ । यसमा जग्गा, भवन, उद्योगलगायतमा भएको लगानी जोडिएको छ । त्यति सम्पत्ति पूर्वराजा वीरेन्द्र, उनकी पत्नी ऐश्वर्य, छोराहरु दीपेन्द्र र निराजनको नाममा भएको हो । 

उनीहरुका नाममा विभिन्न बैंक, बित्तीय संस्थामा २ लाख ९५ हजार १ सय १२ कित्ता शेयर पाइएको छ । जसअनुसार नबिल बैंकमा २ लाख ५७ हजार ६ सय ४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७ सय २० कित्ता र नेपाल औद्योगिक विकास बैंकमा ६ हजार ७ सय ५० कित्ता सेयर रहेको छ । 

बीरेन्द्रका नामा तत्कालीन किष्ट बैंकको खातामा ४८ हजार ४ सय ६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा १ लाख ३८ हजार ६ सय २६ अमेरिकन डलर पाइएको थियो । ट्रष्टले पूर्वराजाको परिवारका नाममा २३ हजार रोपनी जग्गा फेला पारेर आफ्नो नाममा सारिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको