सोमबार, ०९ बैशाख २०७६
युनियन हाइड्रोको IPO मा पर्यो १४ लाख ७६ हजार कित्ताको आवेदन, मागेजति शेयर पाउने अवसर !
शनिबार, १६ चैत २०७५

अर्थ संसार, काठमाडौं– युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) मा १४ लाख ७६ हजार  १०० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको अनुसार शुक्रबार विहान १० बजेसम्म १७ हजार ४०० जनाले आवेदन दिएका हुन् । युनियनको आइपिओ चैत १३ गतेदेखि बिक्री भैरहेको छ ।

दोस्रो बजारको घटाईले पिडामा परेका लगानीकर्तालाई युनियन हाइड्रोपावरको IPO मा लगानी गर्ने राम्रो अवसर र विकल्पको रुपमा  देखिएको छ । माग र विक्रीमा आएको शेयरलाई हेर्दा एकसय रुपैयाँमै चाहे जत्ति शेयर पाईने देखिएको छ । दोस्रो बजारमा शेयरको मुल्य घटी रहँदा एकसय रुपैयाँमै शेयर पाउनु अवसर हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका ३५ लाख ३४ हजार ३ सय ४० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।निष्कासन गरिएको शेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कर्मचारी र १ लाख ७६ हजार ७ सय १७ कित्ता सामुहिक लगानीक कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ८६ हजार ९ सय ३७ कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा चैत १७ गते हुनेछ भने ढिलोमा ०७६ वैशाख १२ गते हुनेछ  ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ७ लाख ५० हजार कित्तामध्ये आवेदन नपरेको ६ लाख २१ हजार ७ सय ९० कित्तासहित सो शेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको प्रतिमेगावाट लागत २६ करोड ५० लाख २५ हजार ९ सय १५ दशमलव शून्य २ रहेको छ भने कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७ सय ४५ दशमलव शून्य ६ रहेको छ । कम्पनीको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २९ वर्ष बाँकी रहेको छ ।

कम्पनीको सामान्य लगानी फिर्ता हुने अवधि १० दशमलव ६१ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि २३ दशमलव २३ वर्ष रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेकोछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामासहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले लम्जुङ्गको साविक करापु–८  र ९ तथा हाल मध्यनेपाल न.पा ८ मा रहेको मिदिम खेला (करापु) मा ३ मेगावाट क्षमताको  जलविद्युत आयोजन निर्माण सम्पन्न गरी चालु अवस्थामा रहेको छ ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved