Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकद्वारा वातावरण मैत्री घुम्ती शौचालय पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण

शुक्रबार, १५ चैत्र २०७५, १९ : २६ मा प्रकाशित

एनआईसी एशिया बैंकद्वारा वातावरण मैत्री घुम्ती शौचालय पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण

अर्थ संसार, काठमाडौं–एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव  प्रदिप ढकालको प्रमुख आतिथ्यतामा वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो ।

वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथासम्बद्र्धनबाट भविष्यमा बढी भन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपत क्षेत्रमा सहज रुपमाउक्त क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षागरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी गराउनुभयो ।

साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरण थपअ नुकुलहुने जनाउँदै बैंकले गरेको यस्तो सामाजिक कार्यको उच्च प्रशंसा गर्नुभयो । साथै सोको लागि कोषले बैंक प्रति हार्दिक धन्यवाद ब्यक्त गरेको समेत जानकारी गराउनु भयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

करिब १४ लाख ५० हजार ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको