Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेण्टले डाक्यो साधारणसभा, लाभांशसहित यी एजेण्डा पारित गर्दै

शनिबार, १६ चैत्र २०७५, १८ : १२ मा प्रकाशित

शिवम् सिमेण्टले डाक्यो साधारणसभा, लाभांशसहित यी एजेण्डा पारित गर्दै

अर्थ संसार, काठमाडौं – शिवम् सिमेण्ट लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बैशाख ९ गते हुने भएको छ । कम्पनीले सभा राष्ट्रिय सभागृह, काठमाण्डौंमा विहान ११ बजे आयोजना गर्न लागेको हो ।

सभाको विशेष प्रस्तावमा १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने छलफल रहेको छ । छलफलका विषय अन्र्तगत वार्षिक प्रतिवेदनमा छलफल, लेखा परिक्षक नियुक्ती, सञ्चालक तथा अध्यक्षको बैठकभत्ता तथा अन्य सुविधा दिने बारेमा रहेको छ ।

कम्पनीले सभामा आगामी ४ वर्षको लागि सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने गरी एक सञ्चालक निर्वाचन गर्नेछ ।

कम्पनीले भविष्यमा उद्योगको क्षमता अभिवृद्धि गर्ने, उत्पादनमा विविधिकरण गर्ने, चुनढुंगा लगाएतका खानी तथा खनिज पदार्थहरुको अनुमति पत्रमा हक कायम गर्ने , थप क्षेत्रमा खोजतलास गर्ने, थप जग्गा खरिद गर्नूपरेमा खरिद गर्ने योजना लिएको छ ।

कम्पनीले परियोजना अनुरुप समान उद्देश्य भएका अन्य कुनै संस्था वा कम्पनीलाई प्राप्ती गर्ने वा अन्य कम्पनीको शेयर खरिद गरी थप उद्योग स्थापना गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पनि योजना बनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको