Like us!
Follow us!
Connect us!
Watch us!

रद्द भएको एसइई परीक्षा चैत २२ देखि

सोमबार, १८ चैत्र २०७५, १८ : २८ मा प्रकाशित

रद्द भएको एसइई परीक्षा चैत २२ देखि

अर्थ संसार, भक्तपुर– परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।

लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुन ः सञ्चालन गरिने भएको हो ।

प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताउनुभयो ।

अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको