Like us!
Follow us!
Connect us!
Watch us!

प्राइमको नाफा ५६ करोड, प्रति सेयर आम्दानी साँडे २२ रुपैयाँ

आइतबार, ०९ माघ २०७३, १६ : १२ मा प्रकाशित

प्राइमको नाफा ५६ करोड, प्रति सेयर आम्दानी साँडे २२ रुपैयाँ

अर्थ संसार

काठमाडौं–प्राईम कमर्शियल बैंकले चालु आर्थिक बर्षको दोस्रो तीन महिनामा खुद नाफा २० प्रतिशतले बढाएको छ । बैंकले यस अबधिमा ५५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक बर्षको यसै अबधिमा ४६ करोड ९२ लाख रुपैयाँ नाफा गरेको थियो । 

बैंकले केही महिनाअघि ३३ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी ४ अर्ब ९४ करोड पुर्याएको छ । बैंकको प्रति सेयर आम्दानी २२.६६, मूल्य आम्दानी अनुपात २२.५१ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४९.३४ रुपैयाँ प्रति सेयर कुल सम्पत्तिको मूल्य १२४७.७६ रुपैयाँ, र तरलता अनुपात २६.६० प्रतिशत छ । 

चुक्ता पूँजीको बृद्धि अनुपातमा बैंकको प्रति सेयर आम्दानी केही घटेको छ । ब्याज आम्दानी र संचालन मुनाफा भने बढाएको छ । 

बैंकले यस अबधिमा निक्षेप ३० प्रतिशतले बृद्धि गरी ५५ अर्ब पुर्याएको छ भने कर्जा लगानी ३४.२५ प्रतिशतले बृद्धि गरी ४६ अर्ब ५१ करोड पुर्याएको छ । 

58848a6745237.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको