Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा बर्डफ्लु, दुई हजार ९०० कुखुरा नष्ट

विहीबार, २१ चैत्र २०७५, १५ : ०८ मा प्रकाशित

भक्तपुरमा बर्डफ्लु, दुई हजार ९०० कुखुरा नष्ट

अर्थ संसार, काठमाडौँ–  भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ ।

उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र ढकालले जानकारी दिनुभयो । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त फार्मको चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे पशु चिकित्सक डा ढकालले जानकारी दिनुभयो । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्किएर निःसङ्क्रमण गरिएको छ । उपभोक्ताले भने यस वर्ष पनि विभिन्न ठाउँका कुखुरा फार्ममा मरेका कुखुरालाई राति गाड्ने र जिउँदो कुखुरालाई बजारमा बिक्री गरेको गुनासो आएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले विगतमा जस्तै यस वर्ष पनि नेतृत्व लिएर त्यस्ता कार्य रोक्न र बर्डफ्लु न्यूनीकरणमा ध्यान दिनुपर्नेमा त्यसो गर्न नसकेको बताएका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको