Like us!
Follow us!
Connect us!
Watch us!

हुरीबतास पीडितलाइ एनआईसी एशिया बैंकको सहयोग

विहीबार, २१ चैत्र २०७५, २० : ०१ मा प्रकाशित

हुरीबतास पीडितलाइ एनआईसी एशिया बैंकको सहयोग

अर्थ संसार, काठमाडौं- उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्सा जिल्लाका हुरीबतास पीडितलाई सहयोग गरेको छ ।

बैंकले बुधबार फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया लगायतगाउँका पीडितजन समुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप बैंकले ३ सय थानझुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेकोछ ।

उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेलले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा संचालक  प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो ।

राहत सामग्री हस्तान्तरण क्रार्यक्रममांं संचालकले जनधनको धेरै क्षतिपुगेका बारा जिल्ला फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका सर्वसाधारण यतिबेला राहतको आशामा बसेका आफुले पाएको उल्लेख गर्दै  एनआईसी एशिया बैंकले गरेको यो सानो सहयोगलेउक्त क्षेत्रका पीडित जनताका लागि तत्काल केही राहतपुग्ने विश्वास बैंकले लिएको जानकारी गराउनु भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करिब १५ लाख ग्राहक महानु भावहरूका  साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुखवित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको