Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : नबिल ब्यालेन्स फण्ड–२ को इकाई बिक्रीमा आउने, कहिले दिने आवेदन ?

आइतबार, २४ चैत्र २०७५, १५ : ५७ मा प्रकाशित

लगानीको अवसर : नबिल ब्यालेन्स फण्ड–२ को इकाई बिक्रीमा आउने, कहिले दिने आवेदन ?

अर्थ संसार, काठमाडौँ- नबिल ब्यालेन्स फण्ड – २ ले वैशाख ५ गतेदेखि १० करोड २० लाख इकाई बराबरको फण्ड बिक्री गर्ने भएको छ । फण्डले नेपाल धितोपत्र बोर्डबाट १२ करोड इकाई फण्ड विक्री गर्ने अनुमति पाइसकेको छ । फण्डले १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक तथा व्यवस्थापकका लागि छुट्याएको छ ।

सर्वसाधारणको लागि छिटोमा वैशाख ९ गतेसम्म बिक्री खुल्ला हुने छ । तर उक्त समय अवधिमा पुरा सबस्क्राइब नभए जेठ ३ गतेसम्म विक्री खुल्ला गरिने  छ । यस एकाइ विक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले लिएको छ ।

लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाई सम्मका लागि आवेदन दिन सक्ने छन् । यो फण्ड १० वर्षमा परिपक्व हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको