Like us!
Follow us!
Connect us!
Watch us!

हेल्लो किड्स तेस्रो बर्षमा प्रवेश

आइतबार, २४ चैत्र २०७५, १८ : २४ मा प्रकाशित

हेल्लो किड्स तेस्रो बर्षमा प्रवेश

अर्थ संसार, काठमाडौं– राजधानीको जोरपाटिमा अवस्थित हेल्लो किड्सले स्थापनाको दोश्रो वर्ष पारगरेको खुसीयालीमा बिद्यालयको आफ्नै भवनमा वार्षिक उत्सव तथा अभिभावक दिवस  सम्पन्न गरेको छ ।

अरुणीमा शैक्षिक प्रतिष्ठानकै सेवा बिस्तार स्वरुप स्थिापित सो शैक्षिक प्रतिष्ठानले बालबालिकाको शिकाईलाई उच्च प्राथामीकताका राख्दै बालबालिकालाई सबे क्षेत्रबाट एक सवल र सक्षम नागरीक बनाउन सक्दो कोशिस गरेको आयोजक बिद्यलयले जनाएको छ ।

कार्यक्र्रमको सुभारम्भ अरुनीमा एजुकेशन नेर्टोकको अध्यक्ष गोपाल बरालले गमलामा पानी हालेर गर्नुभएको थियो ।कार्यक्र्रममा आफ्नो मन्तव्य राख्नुहुँदै हेल्लो किड्सका अध्यक्ष केशव प्रसाद जोशीले सम्पूर्ण अभिभावकको साथ सहयोग र हौशलाले बिद्यालय यस स्थानमा आईपुगेको बताउनुभयो ।

कार्यक्र्रममा साना बालबालिकाको संगीतीक प्रस्तुतिहरुले थप रोमाञ्चकता प्रदान गरेको थियो ।दिनभर जसो सञ्चालन गरीएको सो कार्यक्र्रममा स्थानीय वासी ,बुद्धिजीबि ,बिभिन्न क्षेत्रका प्रतिष्ठत व्यक्ति,अभिभावक लगायतकाको उपस्थिती रहेको थियो ।

5ca9f02e833d7.jpg 5ca9f02e88a63.jpg 5ca9f06f01cae.jpg 5ca9f072218b4.jpg 5ca9f073b70e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको