Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मीमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम

सोमबार, २५ चैत्र २०७५, १९ : १० मा प्रकाशित

गुल्मीमा महालक्ष्मी लाइफको बीमा जनचेतना कार्यक्रम

अर्थ संसार, गुल्मी – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत यही चैत्र २३ गते गुल्मीको तम्घासमा बृहत जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अधिकारी अधिकृत रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने उक्त कार्यक्रममा स्वागत मन्तव्य र महालक्ष्मीलाईफको बारेमा क्षेत्रिय प्रमुख अर्जुन गिरीले विस्तृत रूपमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा ने. क. पा. का नेता हिरा ए. सी., नेपाली काङग्रेसका महेन्द्र भण्डारी,रेसुंगा न. पा. का अखिलेश्वर पाण्डे, उद्धयोगवाणिज्य संघ गुल्मीका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद पाण्डे, नागरिक समाजका अगुवा पदमा प्रसाद पाण्डे जील्ला युवा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुवँर, पत्रकार महासंघका तोपलाल अर्याल र लोक दोहरी प्रतिष्ठानका वैकुण्ठ महतले महालक्ष्मी लाईफको उत्तरोत्तर प्रगति र छिट्टै खोलिने शाखा कार्यलयको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । ट्रेनर सुभाष के।सी। ले अभिकर्ता उत्प्रेरणा बारेमा क्लास लिनु भएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नेपालमा जीवन बीमाको अवस्था, महालक्ष्मी लाईफ इन्स्योरेन्सको वर्तमान र भावी योजना, अभिकर्ताहरूको काम र कर्तव्य तथा जीवन बीमाको फाइदाहरू बारेमा जानकारी गराउनु भएको थियो ।२५० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन महालक्ष्मी लाईफ इन्स्योरेन्स गुल्मीका प्रमुख श्रीराम महतले गर्नुभएको थियो । कार्यक्रममा नयाँ नियुक्त अभिकर्ता र बीमा पोलिसी खरीद गर्ने बिमितहरूलाई सम्मान गरिएको थियो ।

5cab4c51030d5.jpg 5cab4c51076ba.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको