Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

मंगलबार, २६ चैत्र २०७५, १४ : ०३ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक  र नेशनल बैंकिग ईन्स्टिच्यूट बीच  आइतबार वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा  विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेशनल बैंकिग ईन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गर्नुृ भएको  थियो ।

यस सम्झोैता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना  र सुविधाहरु बारे विस्तृत जानकारी गराईने छ ।

बैंकले आफ्ना  सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई  NBI  Mobile App उ बारे  ज्ञान दिलाई  आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ  विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।

साथै बैंकले यस एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालन बारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरता को सबै आवश्यक सामाग्री सबै माझ लैजान यस कार्यले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको