Like us!
Follow us!
Connect us!
Watch us!

एक दिने च्याउ खेती तालिम सम्पन्न

बुधबार, २७ चैत्र २०७५, १६ : ३८ मा प्रकाशित

एक दिने च्याउ खेती तालिम सम्पन्न

अर्थ संसार, काठमाडौं– गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लि. को शाखा कार्यालय कुस्मा पर्वतले यही  बुधबार संस्थामा आबद्ध सदस्यहरु मध्ये २३ जना सदस्यहरुलाई निःशुल्क १ दिने च्याउ खेती तालिम प्रदान गरेको छ । सो तालिम कृषीज्ञान केन्द्र, पर्वत वागवानी विकासका अधिकृत सोनी रानाले सहजिकरण गर्नु भएको थियो ।

संस्थामा आबद्ध सदस्य कृष्ण कुमारी उपाध्याय ले तालिमको उद्धघाटन गर्दै संस्थाले प्रदान गर्ने यस्ता विविध किसीमका तालिमले ग्राहक सदस्यहरुलाई सिप सिकी आत्मनिर्भर भई कार्य गर्न मद्दत पुग्ने गरेको जानकारी गराउनु भयो ।

तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ फागुन मसान्त सम्ममा १५ जिल्लाका २८ वटा शाखा कार्यालयहरु मार्फत १३,९४६ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७४ करोड ७६ लाख ७१ हजार रहेको छ । साथै वित्तीय संस्थाले फागुन मसान्त सम्म रु १९ करोड ५८ लाख बचत संकलन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको