Like us!
Follow us!
Connect us!
Watch us!

दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता

बुधबार, २७ चैत्र २०७५, १६ : ५७ मा प्रकाशित

दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता

अर्थ संसार,  बलेवा– बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को खरीद बिक्री सम्झौता भएको हो ।     
     
आयोजनाको नेपाल विद्युत् प्राधिकरण र धौलागिरि सिभिल इलेक्ट्रिकल मेकानिकल इञ्जियनीयरीङ (धौलागिरि सेम) प्रालि बागलुङबीच मङ्गलबार विद्युत् खरीदबिक्री समबन्धी सम्झौता (पिपिए) भएको हो । धौलागिरि सेम प्रालिद्वारा प्रवद्र्धितमध्ये दरमखोला ‘ए’ साना जलविद्युत् आयोजनाबाट तीन मेगावाट र मध्य दरमखोला ‘बि’ साना जलविद्युत् आयोजनाबाट चार दशमलव पाँच मेगावाट विद्युत उत्पादन हुनेछ ।     
सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र हस्ताक्षर गर्नुभएको छ ।     
     
सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरि सेम प्रालिले दुवै आयोजनाबाट विसं २०७८ जेठ ३१ सम्ममा विद्युत् उत्पादनगरी नेपाल विद्युत् प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ‘ए’ को व्यापारिक विद्युत् उत्पादन मिति विसं २०७७ चैत ३१ र मध्ये दरमखोला ‘बि’ को विद्युत् उत्पादन विसं २०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बंैकको ऋण सहयोगमा सम्पन्न गरिने धौलागिरि सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिनुभयो ।     
     
दुवै आयोजनाको पिपिए ‘टेक अर पे’को नीतिमा गरिएको अध्यक्ष गौतमले बताउनुभयो । दुवै आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले सुक्खायाम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रुपैयाँ ४० पैसादेखि १० रुपैयाँ ४२ पैसामा र वर्षायाम (वैशाखदेखि मङ्सिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरीद गर्नेछ । दुवै आयोजनाबाट वार्षिक चार करोड ४५ लाख १३ हजार २६९ यूनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।     

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको