Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?

बुधबार, २७ चैत्र २०७५, १७ : ३७ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको  शेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार चार कम्पनीको २ करोड ४४ लाख ६९ हजार बोनस शेयर सूचिकृत भएको छ । 

जलविद्युत लगानी तथा विकास कम्पनी, ग्लोबल आईएमई बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र कन्काई विकास बैंकको बोनस शेयर सूचिकृत भएको  हो ।

जलविद्युत लगानी तथा विकास कम्पनीको १ करोड कित्ता  बोनस शेयर, ग्लोबल आईएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१ दशमलव ३३ कित्ता बोनस शेयर , श्री इन्भेष्टमेन्ट फाइनान्सको ९८ लाख ५ सय कित्ता बोनस शेयर र कन्काई विकास बैंकको १ लाख ५० हजार कित्ता हकप्रद शेयर  नेप्सेमा सूचिकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको