Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको IPO को ग्रेड कति ?

विहीबार, २८ चैत्र २०७५, ०८ : २५ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको IPO को ग्रेड कति ?

अर्थ संसार,  काठमाडौं –  हिमाल दोलखा हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले ७८ लाख कित्ता आईपीओ जारी गर्न रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको देखाउँछ ।

कम्पनीले स्थानीय बासिन्दाका लागि १६ लाख कित्ता र ६२ लाख कित्ता सर्वसाधारणको लागि गरेर कुल ७८ लाख कित्ता आईपीओ जारी गर्न सेबोनमा पुस २२ गते निवेदन दिएको थियो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको