Like us!
Follow us!
Connect us!
Watch us!

पब्जी खेल अब नखेल, सरकारले लगायो खेलमा प्रतिबन्ध

विहीबार, २८ चैत्र २०७५, १७ : २५ मा प्रकाशित

पब्जी खेल अब नखेल, सरकारले लगायो खेलमा प्रतिबन्ध

अर्थ संसार, काठमाडौं – युवापुस्ता माझ निकै लोकप्रिय खेल पब्ज खेलामा बिहीबारदेखि  सरकारले  प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले  प्रतिबन्ध लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको बताए ।

 यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो । अन्य देशहरुले पनि यो पव्जी खेल प्रतिबन्ध गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको