Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरमा पाँचौ औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला (फोटोफिचर)

विहीबार, २८ चैत्र २०७५, १८ : २४ मा प्रकाशित

भक्तपुरमा पाँचौ औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–  पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा ब्यापार मेला २०७५\७६ अहिले भैरहेको छ । यही चैत २१ देखि शुरु भएको मेला २०७६ नयाँ वर्षको बैशाख २ गतेसम्म भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुँदैछ । 

लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्ड नेपाल सस्थाको संयुक्त आयोजनामा भएको हो ।

भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी यस मेलाका संयोजक दिपक थापाले दिए ।

अन्तराष्ट्रिय स्टल सहित उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र राष्ट्र ब्यापी भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, सास्कृतिक प्रदर्शनी, चिडियाघर, राष्ट्रिय तथा अन्तरास्ट्रिय खान महोत्सब, ब्यापार तथा पर्यटकीय प्रदर्शनी र चर्चित गायक तथा गायिका द्वारा लोकदोहोरि गित प्रस्तुती हुदै आइरहेको छ । मेलाले भक्तपुरको आर्थिक, सामाजिक र पर्यटनको विकासमा टेवा पुग्ने आयोजकले लिएको छ ।

5caf39099896d.jpg 5caf390c660ff.jpg 5caf390ecbbfa.jpg 5caf3911ad596.jpg 5caf3914d5988.jpg 5caf3918e90c3.jpg 5caf391a99ba2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको