Like us!
Follow us!
Connect us!
Watch us!

“खोलौं बैंक खाता अभियान २०७६” अन्तर्गत एनआईसी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन

विहीबार, २८ चैत्र २०७५, २१ : ३० मा प्रकाशित

“खोलौं बैंक खाता अभियान २०७६” अन्तर्गत एनआईसी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन

अर्थ संसार, काठमाडौं उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो दरिलो उपस्थितिजनाई समाजमा योगदान पुर्याउदै आईरहेकोमा नेपाल सरकार तथा नेपालराष्ट्र बैंकको “समृद्धसँग जोडौ नाता : सबै नेपालीको बैंक खाता” भन्ने नारा सहित “खोलौ बैंक खाता अभियान २०७६” अभियानमा एकाकार गर्दै बैंकले “समृद्ध नेपाल सुखी नेपाली बचत खाता”संचालन गरेको  छ ।

२०७६ वैशाख १ गते देखी लागु हुनेउक्त बचत खाता खोल्नुहुने प्राकृतिक व्यक्तिहरुलाई बैंकले रु.१०० नगद खातामा जम्मा गरिदिने  छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । 

करिब १५ लाखग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको